Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • १५ हजार घुससहित महाराजगन्जका वडाध्यक्ष पक्राउ

    १५ हजार घुससहित महाराजगन्जका वडाध्यक्ष पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १८ चैत्र २०८०
  • 456
    SHARES

    रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले घुस लिएको आरोपमा कपिलवस्तुका एक जना वडाध्यक्षलाई पक्राउ गरेको छ ।

    महाराजगन्ज नगरपालिका-२ का वडाध्यक्ष अजिर अलि मुसलमानलाई घर सडक नक्सा पास गर्ने नाममा घुस लिएको आरोपमा अख्तियारले कार्यालयबाटै पक्राउ गरेको हो ।



    वडाध्यक्ष मुसलमानले स्थानीयको काम मिलाइदिन घुस लिन लागेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको थियो ।



    वडाध्यक्ष मुसलमानलाई १५ हजार घुससहित नियन्त्रणमा लिइएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार