Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • घुससहित पक्राउ परेका वैदेशिक रोजगार कार्यालयका लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

    घुससहित पक्राउ परेका वैदेशिक रोजगार कार्यालयका लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

    अनलाइन नेपाल
  • सोमबार, १९ चैत्र २०८०
  • 360
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयका लेखापाल प्रमोद निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा गरेको छ ।

    १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका उनलाई अख्तियारले सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।



    आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनी धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ परेका थिए ।



    उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को (क) बमोजिम कैद र जरिवाना माग गर्दै मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार