Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्डको निर्देशन विपरित कर्णालीका मुख्यमन्त्री शर्मा विश्वासको मत लिँदै

    प्रधानमन्त्री प्रचण्डको निर्देशन विपरित कर्णालीका मुख्यमन्त्री शर्मा विश्वासको मत लिँदै

    अनलाइन नेपाल
  • मंगलबार, २० चैत्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदैछन् । नेपाली कांग्रेस सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेको उनी आज विश्वासको मत लिन लागेका हुन् ।

    सत्ता गठबन्धनमा भएको सहमतिअनुसार एमालेकै नेतृत्वमा सरकार बनाउने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश कमिटीलाई निर्देशन दिएका थिए ।



    उनी प्रधानमन्त्री प्रचण्डको निर्देशन विपरित विश्वासको मत लिन लागेका हुन् । कर्णालीमा हाल माओवादी केन्द्रका राजकुमार शर्माको नेतृत्व छ ।



    गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको एक गरी २४ जना छन् ।

    चालीस सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि कम्तीमा २१ प्रदेशसभा सदस्य आवश्यक पर्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार