Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सुदूरपश्चिमकी चेली शैलेश्वरी डिएसपीमा बढुवा सिफारिस

    सुदूरपश्चिमकी चेली शैलेश्वरी डिएसपीमा बढुवा सिफारिस

    अनलाइन नेपाल
  • बिहिबार, २२ चैत्र २०८०
  • 5.9K
    SHARES

    कैलाली । सुदूरपश्चिमकी चेली प्रहरी निरीक्षक (इन्स्पेक्टर) शैलेश्वरी बोहरा प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवा भएकी छिन् ।

    नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले प्रकाशित गरेको बढुवा सिफारिस सूचिमा बोहराको नाम आठौ नम्बरमा सिफारिस भएको हो ।



    प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवा हुने १९ जनामा उनी एक्लो महिलासमेत रहेकी छिन् ।



    उनको घर डोटीको शिखर नगरपालिका हो । हाल उनी इलाका प्रहरी कार्यालय मोतिपुर, बर्दियामा कार्यरत छिन् ।

    यस्तै सिफारिस सूचीअनुसार पहिलो नम्बरमा निर्मल पनेरु छन् ।

    दोस्रो नम्बरमा ऋषिराम घर्तिमगर, तेस्रो नम्बरमा दिपक मल्ल र चौथो नम्बरमा धनबहादुर बोहरा छन्। बढुवाका लागि ९८ जना इन्स्पेक्टरहरु प्रतिस्पर्धामा थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार