Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • डढेलोमा परी डोल्पामा फेरि तीन बालक गम्भीर घाइते

    डढेलोमा परी डोल्पामा फेरि तीन बालक गम्भीर घाइते

    अनलाइन नेपाल
  • बिहिबार, २९ चैत्र २०८०
  • 561
    SHARES

    फाइल तस्विर

    डोल्पा । डोल्पामा डढेलोमा परेर फेरि तीनजना बालक गम्भीर घाइते भएका छन् ।

    डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सामुदायिक वनमा लागेको डढेलोमा परेर बालक घाइते भएका हुन् ।



    च्याउ टिप्न वनमा गएका १३ वर्ष मुनिका तीनजना डढेलोमा परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।



    उनीहरुलाई जिल्ला अस्पालत दुनैमा उपचारका लागि राखिएको छ ।

    यसअघि सोमबार दुनैमा लागेको डढेलोमा परी गम्भीर घाइते भएका तीनजना सैनिक जवानको उपचारका क्रममा निधन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार