Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कार्यकर्तालाई गृहमन्त्री लामिछानेको चेतावनी – प्रहरी प्रशासनको दुरुपयोग गर्न खोजे कारबाही गर्छु

    कार्यकर्तालाई गृहमन्त्री लामिछानेको चेतावनी – प्रहरी प्रशासनको दुरुपयोग गर्न खोजे कारबाही गर्छु

    अनलाइन नेपाल
  • शुक्रबार, ३० चैत्र २०८०
  • 855
    SHARES

    वीरगञ्ज । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रशासनलाई दुरूपयोग गर्न खोज्नेको सदस्यता नै खारेज गरिने चेतावनी दिएका छन् ।

    पार्टी कार्यकर्तालाई बिहीबार वीरगञ्जमा सम्बोधन गर्दै मन्त्री लामिछानेले यस्तो चेतावनी दिएका हुन् । पार्टीलाई दबाब र प्रभावमा पार्ने, अनुचित फाइदा लिन खोज्ने र प्रहरी/प्रशासनलाई दुरूपयोग गर्न खोज्नेको सदस्यता नै खारेज गरिने उनले बताए ।



    उनले आफूहरु सरकारमा देश र जनताका पक्षमा काम गर्न गएकाले व्यक्तिगत लाभ र हानीको काम लिएर कोही पनि नआउन चेतावनी दिए ।



    लामिछानेले रास्वपाका नेतारसदस्यले कानून बर्खिलाप काम गरे तिनलाई अरुलाई भन्दा बढी कारबाही गरेर जानकारी गराउन प्रहरी/प्रशासनलाई पनि आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार