Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • इजरायलमा रहेका नेपालीलाई सुरक्षित रहन दूतावासको आग्रह

    इजरायलमा रहेका नेपालीलाई सुरक्षित रहन दूतावासको आग्रह

    अनलाइन नेपाल
  • आइतबार, २ बैशाख २०८१
  • 237
    SHARES

    काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले अतिआवश्यक नपरी घरबाहिर ननिस्कन नेपालीहरूलाई आग्रह गरेको छ । इ

    रानले गरेको आक्रमणलाई लक्षित गर्दै नेपाली राजदूतावासले नेपालीहरूलाई उक्त आग्रह गरेको हो ।



    दूतावासले आज एक सूचना जारी गर्दै भनेको छ,’आगामी सोमबार राती ११ बजे सम्म लागु हुने गरी शैक्षिक क्रियाकलाप बन्द गर्ने र ठुलो स्तरको सभा-भेल नगर्ने भनी निर्देशन जारी भएको हुँदा आवश्यक सुरक्षाकारलागि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रय स्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौँ। ‘



    सूचनामा इजरायलमाथि ईरानी हमला सुरु भएको सन्दर्भमा हालै इजरायली होम फ्रन्ट कमान्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी भएको उल्लेख गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार