Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • इरान–इजरायल युद्ध : संयमता अपनाएर वार्तामार्फत शान्ति स्थापना गर्न नेपालको आग्रह

    इरान–इजरायल युद्ध : संयमता अपनाएर वार्तामार्फत शान्ति स्थापना गर्न नेपालको आग्रह

    अनलाइन नेपाल
  • आइतबार, २ बैशाख २०८१
  • 522
    SHARES

    काठमाडौं । नेपालले इरान र इजरायललाई अधितकतम संयम हुन अनुरोध गर्दै वार्तामार्फत समस्याको समाधान खोज्न आग्रह गरेको छ ।

    इरानले गए राति इजरायलमा ३०० भन्दा बढी ड्रोन र मिसाइल आक्रमण गरेपछि परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै दुवै देशलाई संयम हुन भनेको हो ।



    मन्त्रालयले भनेको छ, ‘नेपाल सरकारले पश्चिम एसिया क्षेत्रको विकासलाई नजिकबाट नियालिरहेको छ । यस क्षेत्रमा बढ्दो तनाव र शत्रुताप्रति हामी गम्भीर रूपमा चिन्तित छौँ ।’



    मन्त्रालयले युद्धको शान्तिपूर्ण समाधान हुने विश्वास व्यक्त गरेको छ । वार्ता र कूटनीतिको माध्यमबाट युद्धको समाधान खोज्न मन्त्रालयले आग्रह गरेको छ ।

    यस्तै मन्त्रालयले सम्बन्धित पक्षलाई अधिकतम संयम अपनाउँदै वार्ता र कूटनीतिको माध्यमबाट शान्ति स्थापना गर्न आह्वान गरेको छ । पश्चिम एसियामा बढ्दो तनाव र सत्रुताले नेपाल चिन्तित बनेको पनि विज्ञप्तिमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार