Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • इरानमाथि इजरायलले जवाफी हमला गरे अमेरिकाले समर्थन नगर्ने

    इरानमाथि इजरायलले जवाफी हमला गरे अमेरिकाले समर्थन नगर्ने

    अनलाइन नेपाल
  • सोमबार, ३ बैशाख २०८१
  • 357
    SHARES

    एजेन्सी । अमेरिकाले इरानमाथि इजरायलले जवाफी हमला गरे त्यसको समर्थन नगर्ने चेतावनी दिएको छ ।

    ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूले यस्तो बताएका हुन् । शनिबार साँझ इरानले इजरायलमा ३०० भन्दा बढी ड्रोन र मिसाइलहरू प्रहार गरेको थियो ।



    अप्रिल १ मा सिरियास्थित इरानको दूतावासमा इजरायलले गरेको आक्रमणको जवाफमा इरानले हमला गरेको थियो ।



    इरानले प्रहार गरेका लगभग सबै ड्रोन र मिसाइललाई इजरायलका सहयोगी राष्ट्रहरू अमेरिका र बेलायतले आकाशबाटै खसालेको बताइएको छ ।

    यस हमलापछि इजरायलका प्रधानमन्त्री नेतन्याहुसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले यसको प्रतिक्रियामा संयम अपनाउन भनेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

    कुराकानीका क्रममा बाइडेनले नेतान्याहुलाई निकै सावधानीपूर्वक र रणनीतिक रूपमा सोच्न भनेका छन् । इरानले इजरायलमाथि गरेको यो पहिलो प्रत्यक्ष आक्रमण हो ।

    इजरायलमाथि आक्रमण गर्न इरानले प्रहार गरेको करिब ८० ड्रोन र कम्तीमा ६ ब्यालेस्टिक मिसाइल खसालेको दाबी अमेरिकाको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार