Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • हाम्रो अपरेशन सकियो, जवाफी आक्रमण गरे भयानक प्रतिक्रिया दिन्छौं : इरान

    हाम्रो अपरेशन सकियो, जवाफी आक्रमण गरे भयानक प्रतिक्रिया दिन्छौं : इरान

    अनलाइन नेपाल
  • आइतबार, २ बैशाख २०८१
  • 390
    SHARES

    फाइल तस्विर

    एजेन्सी । आफूले गरेको आक्रमणको बदला इजरायलले लिन खोज्ने हो भने थप क्षतिको सामना गर्नुपर्ने चेतावनी इरानले दिएको छ ।

    शनिवार राति इरानले इजरायलमाथि ३ सय भन्दा बढी ड्रोन र मिसाइलले आक्रमण गरेको थियो ।



    इरानले यो आक्रमण गत अप्रिल १ तारिखका दिन सिरियाको दमास्कसमा आफ्नो वाणिज्य दूतावासमा भएको आक्रमणको बदला भनेको छ ।



    इरानका राष्ट्रपति इब्राहिम रायसीले आइतवार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘इजरायल वा यसका समर्थकहरूले लापरबाही व्यवहार देखाउँछन् भने उनीहरूले निर्णायक र धेरै कडा प्रतिक्रिया पाउनेछन् ।’

    उनले संयुक्त राज्य अमेरिकालाई यो मामिलाबाट टाढै रहन चेतावनीसमेत दिएका छन् । यसअघि इरानका सैन्य प्रमुख मेजर-जनरल मोहम्मद बगेरीले यस्तै चेतावनी दिएका थिए ।

    उनले भनेका थिए, ‘इरानविरुद्ध इजरायलले बदला लियो भने हामी निकै ठूलो र भयानक प्रतिक्रिया दिनेछौं ।’ उनले इरानले दमास्कस घटनाको बदला लिइसकेकाले थप युद्ध नचाहेको प्रष्ट पारेका छन् ।

    यसअघि उनले अमेरिकालाई चेतावनी दिँदै अमेरिकाले इजरायलको जवाफी कारबाहीलाई समर्थन गरेमा अमेरिकालाई नै निशाना बनाउने चेतावनी दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार