Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • इरानी हमलापछि इजरालयका प्रधानमन्त्री नेतान्याहुले भने – हामी मिलेर जित्नेछौं

    इरानी हमलापछि इजरालयका प्रधानमन्त्री नेतान्याहुले भने – हामी मिलेर जित्नेछौं

    अनलाइन नेपाल
  • आइतबार, २ बैशाख २०८१
  • 345
    SHARES

    एजेन्सी । इरानका तर्फबाट रातभर भएको हवाई हमलापछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको पहिलो सार्वजनिक प्रतिक्रिया आएको छ ।

    सामाजिक सञ्जाल एक्समा आइतबार सन्देश लेख्दै नेतान्याहुले आफूहरूले जित्ने बताएका हुन् ।



    नेतान्याहुले लेखेका छन्,’हामीले (इरानी ड्रोनहरूलाई) अवरोध गर्‍यौं । हामीले रोक्यौं । हामी मिलेर जित्नेछौं।’



    इरानतर्फबाट प्रहार गरिएका करिब ३०० ड्रोन इजरायलले अमेरिकाको सहयोगमा आकाशमै ध्वस्त पारिदिएको छ ।

    इजरायल-हमास पछिल्लो तनावका बीच इरानका तर्फबाट भएको प्रत्यक्ष हमलामा इजरायलले खासै ठूलो क्षति नव्यहोरेको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार