Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

    टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

    अनलाइन नेपाल
  • शनिबार, ८ बैशाख २०८१
  • 480
    SHARES

    फाइल तस्विर

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–७, चिमखोलामा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । तीनजना घाइते छन् ।

    शनिबार बिहान जलविद्युत् आयोजनाको सिमेन्ट ढुवानी गरेर घ्यासीखर्कबाट फर्कने क्रममा लु२ख ६११२ नम्बरको टिपर चिमखोलाको घैराबारीस्थित सडकबाट खसेर दुर्घटना भएको थियो ।



    दुर्घटनामा मृत्यु भएका व्यक्ति सवारीसाधन र निर्माण उपकरणको मर्मत गर्ने मिस्त्री ९कामदार० भएको खुले पनि नाम र ठेगाना नखुलेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।



    टिपर दुर्घटनामा घाइते भएका चालकसहित तीनजनाको चिमखोला स्वास्थ्यचौकीमा प्रारम्भिक उपचार गरिएको छ । थप उपचारका निम्ति घाइतेलाई हेलिकोप्टरमार्फत पठाउने तयारी भइरहेको रघुगंगा–७ का वडाध्यक्ष थकबहादुर पाइजाले जानकारी दिए ।

    दुर्घटनामा परेको टिपर तुन्दी पावर कम्पनी जलविद्युत् आयोजनाको ठेकेदार कम्पनी रामेछाप शेर्पा कन्स्ट्रक्सनमा निर्माण सामग्री ढुवानी गर्ने रहेको खुले पनि मृतक र घाइतेको पहिचान नखुलेको वडाध्यक्ष पाइजाले बताए । दुर्घटनामा परेका घाइतेको स्थानीय, प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरी चिमखोला स्वास्थ्यचौकीमा उपचारका निम्ति पुर्‍याएका हुन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार