Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

    टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, ६ पुष २०८०
  • 429
    SHARES

    फाइल तस्विर

    पाल्पा । पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

    मृत्यु हुनेमा पाल्पा रिव्दीकोट गाउँपालिका–३, का ३० वर्षीय विष्णु ढकाल रहेका छन् ।



    यस्तै, दुर्घटनामा परी दाङ जिल्ला घोराही उपमहानगरपालिका–३, का ३२ वर्षीय यमराज पुन र रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका–५, का ३५ वर्षीय हिमाल घर्ती गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।



    घाइते दुबै जनाको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।

    बिहीबार बेलुकी ८ः१५ बजे गुल्मीबाट पाल्पातर्फ आइरहेको रा १ ख २४०४ नम्बरको टिपर उकालोमा व्याक भई सडकदेखि १५० मिटर तल खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार