Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • बागलुङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

    बागलुङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ४ माघ २०७९
  • 483
    SHARES

    फाइल तस्विर

    बागलुङ । बागलुङको बागलुङ नगरपालिका वडा नम्बर ८ सिगानामा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

    टिपर चालक मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका–१४ का ४३ वर्षीय राजु मोक्तानको घटनास्थलमै मृत्यु भएको हो ।



    बागलुङ नगरपालिका वडा नम्बर ८ सिगानादेखि वडा नम्बर ३ काँठेखोला आउँदै गरेको बा २ क ९२५८ नम्बरको खाली टिपर अनियन्त्रित भइ सिगानाको शेरामा सडकबाट अन्दाजी २ सय मिटर तल खसेको थियो।



    बागलुङ–बरेङ सडक खण्ड निर्माणमा संचालन भइरहेको टिपर निर्माण सामाग्री छाडेर फर्किदै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार