Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु, चालक फरार

    टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु, चालक फरार

    अनलाइन नेपाल
  • मंगलबार, ३१ साउन २०७९
  • 825
    SHARES

    फाइल : तस्बिर

    उदयपुर । कटारी  नगरपालिका–८ कुरिङभञ्याङमा आज टिपर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

    मृत्यु हुनेमा टिपरमा सवार स्थानीय ४५ वर्षीय नर बहादुर मगर र ४० वर्षीय मिर्चिङ कान्छा मगर रहेका छन् ।



    घाइते भएका ४० वर्षीय चन्द्र बहादुर मगरको कटारी अस्पतालमा उपचार भइरहेको छ ।



    कटारीबाट घुर्मीतर्फ जाँदै गरेको बा ४ ख ५६७१ नम्बरको टिपर आज बिहान १० बजे अनियन्त्रित भइ दुर्घटना भएको हो ।

    चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय कटारीले जानकारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार