Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • एमाले लोकतन्त्र र शान्तिको पक्षमा रहेको छ : अध्यक्ष ओली

    एमाले लोकतन्त्र र शान्तिको पक्षमा रहेको छ : अध्यक्ष ओली

    अनलाइन नेपाल
  • शनिबार, ८ बैशाख २०८१
  • 360
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु लोकतन्त्र र शान्तिको पक्षमा रहेको बताएका छन् ।

    ललितपुरको गोदावरीमा शनिबारदेखि सुरु पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उनले यस्तो बताएका हुन् ।



    एमाले लोकतन्त्र र शान्तिको पक्षमा रहेको उनले स्पष्ट पारे । साथै उनले आफूहरू विश्वका कुनै पनि भू–भागमा भइरहेका युद्ध र बाह्य हस्तक्षेपकाविरुद्ध रहेको बताए ।



    ललितपुरको गोदावरीमा शनिबारदेखि सुरु पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उनले भारत र पाकिस्तानबीचको तनावका कारण दक्षिण एसियामा क्षेत्रीय सहकार्यका प्रयास अवरुद्ध भएको उल्लेख गरेका छन् ।

    उनले विगतमा आफैँले स्वीकारेको एक चीन नीतिको मान्यताविपरीत ताइवानका विषयमा अमेरिकाको दोहोरो र उत्तेजनात्मक भूमिकाले त्यस क्षेत्रमा तनाव बढाइरहेको दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार