Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • बान्गुईमा डुंगा डुब्दा ५८ जनाको मृत्यु

    बान्गुईमा डुंगा डुब्दा ५८ जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ९ बैशाख २०८१
  • 759
    SHARES

    फाइल तस्विर

    बान्गुई । मध्य अफ्रिकी गणतन्त्रको राजधानी बान्गुईमा एउटा डुंगा नदीमा पल्टिँदा कम्तीमा ५८ जनाको मृत्यु भएको नागरिक सुरक्षा प्रमुखले शनिबार बताएका छन् ।

    अन्त्येष्टिका लागि गएका उनीहरूसँगै अन्य व्यक्ति पनि रहेको अनुमान गरिएको छ ।



    प्रत्यक्षदर्शी र सामाजिक सञ्जालमा भाइरल भएका भिडियोअनुसार डुंगामा ३०० भन्दा बढी मानिस सवार डुंगा शुक्रबार मपोको नदीमा पल्टिएको थियो ।



    “हामीले पानीमा डुबेका ५८ मृत शरीरलाई पानीबाट निकालेका छौँ”, थोमस जिमासेले रेडियो गुइरासँग भने, “कति मानिस पानीमा डुबेका छन् भन्ने सही जानकारी अझै हामीलाई प्राप्त भइसकेको छैन ।” रासस एएफपी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार