Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • ५३ दिनपछि जुफाल विमानस्थल सुचारु

    ५३ दिनपछि जुफाल विमानस्थल सुचारु

    अनलाइन नेपाल
  • आइतबार, ९ बैशाख २०८१
  • 195
    SHARES

    काठमाडौं । हिमाली जिल्ला डोल्पामा रहेको जुफाल विमानस्थल बन्द भएको ५३ दिनपछि सुचारु भएको छ।

    आइतबार बिहान नेपालगञ्जदेखि आएको तारा एयर अवतरण गरेसँगै हवाइ सेवा सुचारु भएको हो।



    धावनमार्ग मर्मतकालागि १६ फागुनदेखि विमानस्थल बन्द भएको र काम सम्पन्न भएसँगै आजदेखि नियमित रुपमा हवाइ सेवा सुरु भएको छ ।



    निर्माणको जिम्मा आजिवन तामाङ्ग मरिन जेभी धादिङले मुल्य अभिवृद्धि करसहित छ करोडमा लिएको थियो।

    धावनमार्ग मर्मत सुरु भएको एक महिना भित्रै काम सक्ने भने पनि निर्माण कम्पनीले करिब दुई महिना लगाएको थियो।

    विमानस्थलको धावन मार्ग कतै उठेको कतै बसेको र केही ठाउँमा चिरा परेर भासिएपछि १२५ मीटर मर्मत गरिएको नागरिक उडड्यन प्राधिकरणले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार