Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • १६ प्रहरी सम्पर्कविहीन, हेडक्वाटरलले जारी गर्‍यो ७ दिने सूचना

    १६ प्रहरी सम्पर्कविहीन, हेडक्वाटरलले जारी गर्‍यो ७ दिने सूचना

    अनलाइन नेपाल
  • सोमबार, १० बैशाख २०८१
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीमा विभिन्न पदमा कार्यरत १६ जना सम्पर्कविहीन भएका छन् ।

    प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न मितिदेखि प्रहरी हवल्दार, जवान लगायत पदमा कार्यरत उनीहरु आफूखुसी कार्यालयमा गैरहाजिर भएको हुन् ।



    बिना जानकारी सम्पर्कविहीन भएपछि उनीहरुलाई प्रहरी प्रधान कार्यालयले ७ दिने सूचना जारी गरेको छ ।



    प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएकाले ७ दिने सूचना निकालिएको कार्यालयले भनेको छ ।

    तोकिएको मितिमा चित्तबुझ्दो जवाफसहित कार्यालयमा हाजिर हुन नआएमा सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयको चेतावनी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार