Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • अनलाइन डेलिभरीको कार्यालयबाट ५ लाख चोरी, पोखराबाट तीन जना पक्राउ

    अनलाइन डेलिभरीको कार्यालयबाट ५ लाख चोरी, पोखराबाट तीन जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ११ बैशाख २०८१
  • 297
    SHARES

    पोखरा । पोखरामा एक अनलाइन डेलिभरीको कार्यालयमा चोरी गर्ने तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–१५, टुटुंगाका अर्जुन परियार, पोखरा–१० का विकास अधिकारी र धादिङ घर भई पोखरा बस्दै आएका लोकेन्द्रबहादुर इटनी छन् ।



    उनीहरुले गत २४ चैतमा पोखराको नयाँबजारस्थित एक अनलाइन डेलिभरीको अफिसमा चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।



    शौचालयको सिसा फोडेर भित्र प्रवेश गरी अनलाइन डेलिभरी अफिसको लकर नै बोकेर उनीहरु फरार भएका थिए ।

    उक्त लकरमा ५ लाख ८२ हजार ५८० रुपैयाँ रहेको अनुसन्धानबाट खुलेको थियो । उक्त रकम भएको लकरसँगै उनीहरुले एक थान मोबाइल र पाँच थान झोलासमेत चोरी गरेका थिए ।

    चोरी गरेर फरार उनीहरुलाई सोमबार वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुबाट चोरी भएको लकर र झोलासमेत बरामद गरेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार