Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

महिला भलिबल टीमका सदस्यलाई काठमाडौं महानगरले दियो १-१ लाख

महिला भलिबल टीमका सदस्यलाई काठमाडौं महानगरले दियो १-१ लाख

बिहिवार , श्रावण २४, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाली राष्ट्रिय भलिबल टीमलाई नगद पुरस्कार दिएको छ ।

महानगरले काभा महिला भलिबल प्रतियोगितामा उपविजेता बनेको भलिबल टीमका प्रत्येक सदस्यलाई १/१ लाख नगद पुरस्कारले सम्मानित गरेको हो।

महानगरले टीमका प्रशिक्षक, खेलाडी तथा अफिसियलहरुलाई पनि पुरस्कृत गरेको छ ।

राष्ट्रिय टीमका प्रत्येक खेलाडी र प्रशिक्षक गरी १५ जनाले १–१ लाख नगद पुरस्कार प्राप्त गरेका छन् ।

यस्तै, तीन जना अफिसियललाई ५०–५० हजार रुपैयाँ प्रदान गरिएको छ ।

पुरस्कार वितरण कार्यक्रममा मेयर बालेन्द्र साह (बालेन), उपमेयर सुनिता डंगाले तथा महानगरका कर्मचारीहरू उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077