Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

प्रहरीमा विद्रोहको तयारी थियो, एआईजी ज्ञवालीसँग कांग्रेस रिसायो : महेश बस्नेत

प्रहरीमा विद्रोहको तयारी थियो, एआईजी ज्ञवालीसँग कांग्रेस रिसायो : महेश बस्नेत

बिहिवार , श्रावण २४, २०८१

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले वर्तमान आईजीपीलाई अमेरिका गएकै बेलामा निलम्बन गर्ने योजना बनेको आरोप लगाएका छन् ।

बिहीबार राष्ट्रिय युवा संघ नेपालले संगठनको नयाँ इन्चार्जलाई स्वागत तथा पुरानो इन्चार्जलाई बिदाइ गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले पछिल्लो समय बेचन झालाई पक्राउ गरिसकेपछि एआईजी श्याम ज्ञवालीमार्फत प्रहरीमा विद्रोह गराएर वर्तमान आईजीपी बसन्त बहादुर कुँवरलाई अमेरिका गएकै बेलामा निलम्बन गर्ने योजना भएको आरोप लगाए ।

एआईजी ज्ञवालीलाई आईजीपी बनाएर कांग्रेसका नेताहरूलाई गिरफ्तार गर्ने सम्मका योजना बनाएको एक्स्पोज भएपछि उनलाई कांग्रेस धेरै नै रिसाएको जस्तो देखिएको उनको भनाई छ । आईजीपी अमेरिका गएकै बेला नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीमध्येका एक बेचन झा पक्राउ परेका थिए ।

सोही विषयले प्रहरीमा हलचल मच्चिएको थियो । अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट एआईजी ज्ञवालीलाई चार महिना नपुग्दै त्यहाँबाट हटाइएको छ । उनीमाथि चेन अफ कमाण्ड नमानेको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077