Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

महामन्त्री थापा र शर्मामाथि देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्न खोजेको आरोप

महामन्त्री थापा र शर्मामाथि देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्न खोजेको आरोप

बिहिवार , श्रावण २४, २०८१

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नक्कली भुटानी शरणार्थी र गिरीबन्धु टी-इस्टेट प्रकरणबारे बोलेर शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा रोक्न खोजेको आरोप लगाएका छन् ।

कांग्रेसको बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा बिहीबार बोल्ने क्रममा नेता बस्नेतले यस्तो आरोप लगाएका हुन् । महामन्त्रीद्वय थापा र शर्माले सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नबनुन् भन्ने सोच राखेर सदन र बाहिरका कार्यक्रममा नक्कली भुटानी शरणार्थी र गिरीबन्धु टी-इस्टेट प्रकरणबारे बोल्ने गरेको उनले आरोप लगाए । उनले उनले यस्तो हर्कतलाई रोक्नुपर्ने बताए ।

महामन्त्री विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै बस्नेतले भने, 'यी प्रकरणहरूलाई निष्कर्षमा नपुर्‍याउने हो भने कांग्रेस९एमाले गठबन्धनको औचित्य छैन भनेर एक महामन्त्रीले संसदमै बोल्नुभयो ।'

साथै उनले अर्का महामन्त्री थापाले हालै कोरियामा दिएको एक अभिव्यक्ति लक्षित पनि टिप्पणी गरे । कांग्रेसको केन्द्रीय समिति बैठकमा छलफलका ११ एजेन्डा छन् । सोही एजेन्डामाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।

कांग्रेसमा अहिले १३ पदाधिकारीसहित १६८ जना केन्द्रीय सदस्य छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077