काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्व गृहमन्त्री रवि लामिछानेले प्रोपोगाण्डा गरिरहेको टिप्पणी गरेका छन् ।
बिहीबार राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले फाइल खोल्दै थियौं, ठ्याक्कै सरकार परिवर्तन भयो भनेर स्टन्टबाजी गरिरहेको बताए ।
उनले लामिछाने गृहमन्त्री हुँदा फाइल खोल्नेभन्दा पनि फाइल मिलाउने, सोझ्याउने र फर्काउनेतिर बढी भूमिका रहेको बताए ।
यस्तै उनले संसदीय छानबिन समितिले सही प्रतिवेदन ल्याउँदा रवि लामिछाने, जीबी राईजस्ता सहकारीका 'राष्ट्रिय ठग'हरू यसबाट मुक्ति नपाउने बताए ।