Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

दशरथ रंगशालाले पायो अन्तर्राष्ट्रिय मान्यता

दशरथ रंगशालाले पायो अन्तर्राष्ट्रिय मान्यता

शुक्रवार , श्रावण २५, २०८१

काठमाडौं । दशरथ रंगशालाले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न मान्यता पाएको छ ।

राष्ट्रिय खेलकुद परिषद् राखेपले रंगशालाको संरक्षण गर्न थालेपछि पहिलोपटक एएएफसीले मान्यता दिएको हो।

बिहीबार एसियाली फुटबल महासंघ एएफसीले मान्यता दिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

‘हामीले समयमै रंगशालाको सबै प्रक्रिया पुर्‍याएर एएफसीलाई पत्र पठाएका थियौँ। एएफसीले प्रतियोगिता गर्न मान्यता दिएको छ,’ एन्फा सिइओ इन्द्रमान तुलाधरले भने ।

यसअघि मैदान तयार नहुँदा नेपालले फिफा विश्वकप २०२६ छनोटका खेल गुमाएको थियो ।

नेपालले बहराइनसँगको खेल बहराइन नै पुगेर खेलेको थियो। युएईसँगको खेल साउदी अरेबियामा खेलेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077