Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

काठमाडौं महानगरपालिका कार्यालय नजिकैको सडक भासियो

काठमाडौं महानगरपालिका कार्यालय नजिकैको सडक भासियो

शुक्रवार , श्रावण २५, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालय नजिकैको सडक भासिँदा आवागमन प्रभावित भएको छ ।

महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो ।

टुकुचा खोलामाथि रहेको यो सडक राति नै भासिएको महानगर प्रहरीले जनाएको छ ।

प्रहरीले घेरा हालेर राखेका छन् भने हिजो रातिदेखि सवारी चलाउन रोक लगाइएको छ ।

दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडक खण्ड भासिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077