Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

यात्रुहरुले होहल्ला गरेपछि धावनमार्गबाट फर्कियो श्री एयरलाइन्सको विमान

यात्रुहरुले होहल्ला गरेपछि धावनमार्गबाट फर्कियो श्री एयरलाइन्सको विमान

शुक्रवार , श्रावण २५, २०८१

काठमाडौं । काठमाडौंबाट सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ ।

यात्रुहरुले होहल्ला गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट श्री एयरलाइन्सको विमान फर्किएको हो ।

धावनमार्गबाट उड्नैलाग्दा विमान फर्काएर पार्किङमा ल्याइएको थियो ।

विमानका यात्रुको बोर्डिङ सकेर विमान धावनमार्गमा ‘टेकअफ’को अन्तिम ‘प्वाइन्ट’मा पुगिसकेको थियो ।

श्री एयरलाइन्सका अनुसार विमानका केही यात्रुबीच विवाद भएपछि विमान फर्काएर अहिले सुर्खेत उडानको तयारीमा रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077