Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सुन्दरीजल घुम्न गएका एक युवक मृत फेला

सुन्दरीजल घुम्न गएका एक युवक मृत फेला

शुक्रवार , श्रावण २५, २०८१

काठमाडौं । सुन्दरीजल घट्टेखोलामा एक युवक मृत फेला परेका छन्।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ स्थित घट्टेखोलामा एक युवक मृत फेला परेका हुन् ।

काठमाडौं महानगरपालिका–३२ काँडाघारी पेप्सीकोला बस्ने २८ वर्षीय बिबेक पौडेल शुक्रबार बिहान मृत अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनी सुन्दरीजल घुम्न गएको र बिहीबार साँझ घट्टेखोलामा खसेर बेपत्ता भएको सूचना प्रहरीलाई आएको थियो।

प्रहरी वृत्त बौद्व लगायत विभिन्न युनिटबाट खटिएको संयुक्त टोलीले खोजी गर्ने क्रममा शुक्रबार शव फेला परेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077