Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

सभामुख घिमिरेलाई बुझाइयो टीआरसी विधेयक, संसद् बैठकमा पेस गर्न पत्राचार

सभामुख घिमिरेलाई बुझाइयो टीआरसी विधेयक, संसद् बैठकमा पेस गर्न पत्राचार

शुक्रवार , श्रावण २५, २०८१

काठमाडौं । कानून न्याय तथा मानव अधिकार समितिले टीआरसी विधेयक सभामुखलाई बुझाएको छ ।

सभापति विमला सुवेदीसहित समितिका सदस्यहरूले शुक्रबार सभामुख देवराज घिमिरेलाई समितिको प्रतिवेदन पेश गरेका हुन् ।

टीआरसी विधेयक आगामी संसद् बैठकमा पेस गर्न आग्रहसहित कानुन समितिले सभामुख घिमिरेलाई पत्राचार गरेको हो।

उक्त समितिबाट बिहीबार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक)माथि दफावार छलफल भई पारित भएसँगै सभापति सुवेदीले प्रतिनिधिसभाको आगामी बैठकमा पेस गर्न पत्राचार गरेकी हुन् ।

प्रतिनिधि सभाको २०८० साल वैशाख १५ गतेको बैठकबाट दफावार छलफलका लागि उक्त विधेयक समितिमा पठाइएको थियो ।

समितिमा विचाराधीन विधेयक शीर्ष तहमै भएको सहमतिअनुसार बिहीबारको बैठकबाट पास भएको हो । प्रतिनिधि सभाको आगामी बैठक साउन २९ गते मंगलबार बस्ने भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077