Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा प्रवाह गर्नु सरकारको पहिलो प्राथमिकता हो : स्वास्थ्यमन्त्री पौडेल

नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा प्रवाह गर्नु सरकारको पहिलो प्राथमिकता हो : स्वास्थ्यमन्त्री पौडेल

शुक्रवार , श्रावण २५, २०८१

नेपालगञ्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा प्रवाह गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्।

नेपालगन्जस्थित भेरी अस्पतालको नवनिर्मित इनडोर भवन र एमआरआइ सेवाको उद्घाटन गर्दै स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताएका हुन्।

उनले अहिलेको पहिलो विषय र ध्यान दृष्टि नागरिकलाई सहज रूपमा सेवा सुविधा दिने रहेको बताए । उनले अस्पतालमा अहिले भएका स्रोत र साधनको अधिकतम प्रयोग गरेर सेवालाई प्रभावकारी बनाउन आग्रह गरे।

स्वास्थ्यमन्त्री पौडेलले भने, ‘पहिलो विषय नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गर्ने हो । अस्पताललाई थप गुणस्तरीय र आधुनिक बनाउन योजनाबद्ध रूपमा काम गर्दै जानेछौँ । यसमा सबैले सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा लिएको छु ।’

अहिले रोग लागिरहेका नागरिकलाई कसरी स्वास्थ्य सेवा दिनेतर्फ बढी ध्यान दिनुपर्ने भन्दै निरोगी नेपाल बनाउन उपचार पद्धतिका साथै स्वस्थ जीवनशैलीका लागि आवश्यक सावधानी अपनाउन र चेतनाको विकास गर्नतर्फ पनि आफूले योजना बनाइरहेको स्वास्थ्यमन्त्री पौडेलले उल्लेख गरे।

भेरी अस्पतालले आफूले सोचेभन्दा व्यवस्थित रूपमा सेवा प्रवाह गरेको पाए पनि अझै सुधार गर्नुपर्ने आवश्यकता रहेको स्वास्थ्यमन्त्री पौडेलले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077