Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

उपप्रधानमन्त्री सिंहले भने - संविधान संशोधन विधि र प्रक्रियाबाट हुन्छ

उपप्रधानमन्त्री सिंहले भने - संविधान संशोधन विधि र प्रक्रियाबाट हुन्छ

शुक्रवार , श्रावण २५, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले बहुमतको बलमा सरकारले संविधान संशोधन नगर्ने बताएका छन्।

विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् ।

उपप्रधानमन्त्री सिंहले सरकार संविधानको पालना गराउनको लागि, अपुरो भएका विषयहरुलाई संशोधन गर्ने बताए ।

उपप्रधानमन्त्री सिंहले भने, ‘संशोधन निश्चित विधि र प्रक्रियाबाट हुन्छ । बहुमतको बलमा गर्ने होइन । विधि, प्रक्रिया पूरा गरेर गर्ने हो । अधिकार दिनुपर्नेमा कमी, कमजोरी भइरहेको छ।’

उपप्रधानमन्त्री सिंहले कांग्रेस जनतालाई अधिकार दिलाउनका लागि लडेको पार्टी भएको बताए ।

संघीयता, लोकतन्त्र, गणतन्त्र, समावेशिता सबै कुरालाई अझ राम्रोसँग जनताले चाहे अनुसार बनाउनको लागि संविधान संशोधन हुने उपप्रधानमन्त्री सिंहको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077