Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

पोखरा उच्च अदालतको मुख्य न्यायाधीशमा डा. बागचन्द

पोखरा उच्च अदालतको मुख्य न्यायाधीशमा डा. बागचन्द

शुक्रवार , श्रावण २५, २०८१

काठमाडौं । उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा डा. रत्नबहादुर बागचन्दलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरिएको छ ।

न्याय परिषद्को आज बसेको बैठकले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश बागचन्दलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले डा. बागचन्दलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा सिफारिस गरेको न्याय परिषद्का प्रवक्ता अशोककुमार क्षेत्रीले जानकारी दिए ।

त्यस्तै, परिषद्को बैठकले न्याय सेवाबाट २५, सरकारी वकिलबाट ६ र कानुन सेवाबाट चारजना गरी ३५ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077