Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

दलित समुदायका पहिलो आचार्य दमाईले भने - पशुपतिको चरणमा स्वर्ग महसुस भयो

दलित समुदायका पहिलो आचार्य दमाईले भने - पशुपतिको चरणमा स्वर्ग महसुस भयो

शुक्रवार , श्रावण २५, २०८१

काठमाडौं । दलित समुदायबाट संस्कृत साहित्यमा पहिलो आचार्य उपाधि लिएका कृष्ण दमाईले सनातन हिन्दू संस्कार जोगाउनुपर्ने बताएका छन् ।

पशुपतिनाथ मन्दिर परिसरको वनकालीमा आयोजित कोटीहोमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । दलितहरूलाई वेदपुराण अध्ययन गर्न निषेध गरिएको सामाजिक अवस्थालाई चुनौती दिँदै आचार्य बनेका कृष्ण दमाईले सनातन हिन्दू संस्कार जोगाउनुपर्ने बताए ।

आयोजकले भव्य स्वागत तथा अभिनन्दन गरेपछि सम्बोधनका क्रममा उनले आफू शुद्र कुलमा जन्मिए पनि आचार्य हुन सफल भएको पनि बताए । यस्तै आचार्य दमाईले पशुपतिको चरणमा स्वर्ग महसुस भएको बताए ।

कृष्ण दमाई पहिलो व्यक्तिका रुपमा दलित समुदायबाट पण्डित बनेर कोटीहोमको व्यासमा बसे । ‘मलाई यो क्षेत्रमा पुर्‍याउने गुरुहरुप्रति आभार प्रकट गर्छु । एउट शुद्र भएर संस्कृत साहित्यलगायत अन्य कर्ममा ल्याउने आदरणीय गुरूहरूमा नमन गर्छु’, उनले भनेका छन्, ‘मानिसले स्वर्ग जानुपर्छ भन्छन्, तर मेरा लागि नेपालको राष्ट्रदेव पशुपतिको चरणमा स्वर्ग महसुस भएको छ । मैले यहाँ स्वर्ग प्राप्त गरेँ ।’

बैतडी घर भएका कृष्ण दमाईले नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठ बेलझुण्डी दाङबाट संस्कृत साहित्यमा आचार्य गरेर चर्चा बटुलेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077