Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

फ्रान्सलाई हराउँदै स्पेनले जित्यो ओलम्पिक फुटबलको स्वर्ण पदक

फ्रान्सलाई हराउँदै स्पेनले जित्यो ओलम्पिक फुटबलको स्वर्ण पदक

शनिवार , श्रावण २६, २०८१

एजेन्सी । आयोजक फ्रान्सलाई हराउँदै स्पेनले जारी पेरिस ओलम्पिकमा फुटबलतर्फको स्वर्ण पदक जितेको छ ।

फ्रान्सलाई अतिरिक्त समयमा ५–३ गोलले हराउँदै स्पेन सन् १९९२ पछि पहिलोपटक फुटबलको स्वर्ण पदक जित्न सफल भएको हो ।

सुरूवाती अग्रता लिए पनि जोगाउन नसक्दा फ्रान्स घरेलु मैदानको रजत पदकमा चित्त बुझाउन बाध्य भयो ।

निर्धारित ९० मिनेटको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा स्पेनले थप २ गोल गर्दै ५–३ को जित निकालेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077