गलकोट । चौतीस वर्षदेखि जीर्णोद्धारको पर्खाइमा रहेको बागलुङ बलेवा कालभैरव मन्दिरको यस वर्षदेखि जीर्णोद्धार थालिने भएको छ ।
भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समिति सक्रिय भएसँगै कालभैरव मन्दिरमा पूर्वाधारहरु निर्माणले गति लिएका छन् ।
मन्दिरलाई यसैवर्षबाट जीर्णोद्धार गर्न थालिने भएको छ । जसका लागि बजेट विनियोजन भइसकेको छ ।
भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालका अनुसार चालु वर्षमा मन्दिर जीर्णोद्धार गर्नका लागि ३७ लाख बजेट विनियोजन गरिएको छ ।