Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पेरिस ओलम्पिक : अमेरिका र चीनबीच कडा टक्कर

पेरिस ओलम्पिक : अमेरिका र चीनबीच कडा टक्कर

शनिवार , श्रावण २६, २०८१

काठमाडौं । पेरिस ओलम्पिक २०२४ अन्तर्गत १४औँ दिनको समाप्तिमा अमेरिका ३३ स्वर्ण पदकसहित शीर्ष स्थानमा कायम छ ।

अमेरिकाले हालसम्म ३३ स्वर्ण, ३९ रजत र ३९ कास्यसहित कुल १ सय ११ पदक जितेको छ । उसले १३औँ दिन थप तीन स्वर्ण जितेको हो।

शीर्ष स्थानमा टक्कर दिइरहेको चीनले पनि ३३ स्वर्ण जितेको छ तर उसले अमेरिकाभन्दा रजत र कास्य पदक कम जितेकाले दोस्रो स्थानमा छ ।

चीनको नाममा ३३ स्वर्ण २७ रजत र २३ कास्य सहित कुल ८३ पदक छ । तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले १८ स्वर्ण १६ रजत र १४ कास्य सहित कुल ४८ पदक जितेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077