Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तनहुँमा ७५४ जनामा डेंगी संक्रमण पुष्टि

तनहुँमा ७५४ जनामा डेंगी संक्रमण पुष्टि

शनिवार , श्रावण २६, २०८१

तनहुँ । तनहुँमा डेंगी संक्रमण बढ्दै गएको छ । शुक्रबारसम्म जिल्लाका पाँच स्थानीय तहका ७५४ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स पूजा कुँवरका अनुसार व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भिमाद नगरपालिकामा डेंगी संक्रमण पुष्टि भएको छ ।

अहिलेसम्म भानु नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र देवघाट गाउँपालिकामा भने संक्रमित फेला परेका छैनन् ।

व्यासमा ५७, शुक्लागण्डकीमा १०५, भिमादमा दुई, बन्दीपुरमा ३५ र आँबुखैरेनीमा ५५४ जनामा डेंगी पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077