Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

छाडा साँढेको आक्रमणबाट दूध लिन हिँडेकी महिलाको मृत्यु

छाडा साँढेको आक्रमणबाट दूध लिन हिँडेकी महिलाको मृत्यु

शनिवार , श्रावण २६, २०८१

बुटवल । बुटवलमा छाडा साँढेको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

छाडा साँढेले हानेर गम्भीर घाइते भएकी गुल्मीकी ४५ वर्षीया सीता पाण्डेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार साउन २० गते डेरीमा दूध लिन जाने क्रममा सीता सडकमा जुधिरहेका छाडा साँढेको आक्रमणमा परेकी थिइन् ।

दुई वटा साँढे जुध्दै गरेका बेला दूध लिन हिँडेकी सीतालाई साँढेले कुल्चिएपछि घाइते भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077