Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

मनमोहन कार्डियो अस्पतालको छतबाट हामफालेका युवकको मृत्यु

मनमोहन कार्डियो अस्पतालको छतबाट हामफालेका युवकको मृत्यु

शनिवार , श्रावण २६, २०८१

काठमाडौं । महाराजगंजस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको छैटौं तलाबाट हामफालेका युवकको मृत्यु भएको छ।

अस्पतालको छैटौं तलामा रहेको क्याफेको रेलिङबाट हामफालेका युवकको मृत्यु भएको हो।

मृत्यु हुनेमा काठमाडौंकै गोकर्णेश्वर नगरपालिका-४ बस्ने २१ वर्षीय स्वरूप आचार्य छन्।

दिउँसो अस्पताल पुगेपछि छैटौं तलामा रहेको क्याफेमा कफी खाएका र त्यसपछि रेलिङबाट हामफालेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंकाअनसार उनी बिरामी भएर अथवा बिरामी भेट्नका लागि अस्पताल गएका थिएनन्।

उनको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077