Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

विशेष अदालत बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता कुँवर निर्वाचित

विशेष अदालत बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता कुँवर निर्वाचित

शनिवार , श्रावण २६, २०८१

काठमाडौँ । विशेष अदालत बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता टीकाबहादुर कुँवर निर्विरोध निर्वाचित भएका छन् ।

आज नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा उपाध्यक्षमा शशिनाथ मरासिनी, सचिवमा युवराज बन्जाडे, सहसचिवमा कोपिला बस्नेत, कोषाध्यक्षमा गणेश घिमिरे निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले जानकारी दिए ।

तेह्र सदस्यीय कार्यसमितिका सदस्यहरूमा सन्तोष कोइराला, गौरव डाँगी, शिवराम श्रेष्ठ, वसन्त जोशी, कुमारराज कार्की, यज्ञप्रसाद खतिवडा, बोलाराम पाण्डे र गङ्गाराम खनाल रहेका छन् ।

नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077