Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सर्लाही र बारामा भारी वर्षा मापन, सर्तक रहन अनुरोध

सर्लाही र बारामा भारी वर्षा मापन, सर्तक रहन अनुरोध

शनिवार , श्रावण २६, २०८१

काठमाडौं । सर्लाही र बारामा शनिबार बेलुका भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सर्लाहीको मानुषमारा, बाराको सिमरा एयरपोर्ट र आसपास क्षेत्रमा भारी वर्षा भएको हो ।

उक्त क्षेत्र भई बहने नदीमा आकस्मिक बाढीको जोखिम हुनसक्छ । सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

“साउन २६, साँझ ७ः५५ बजे । पछिल्लो एक घण्टामा सर्लाहीको मानुषमारा, बाराको सिमरा एयरपोर्ट वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा भएको, सो क्षेत्र भई बहने नदीहरूमा आकस्मिक बाढीको जोखिम भएकाले सो क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाउनुहुन अनुरोध छ,” विभागको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077