Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पेरिस ओलम्पिक : अमेरिकालाई स्वर्ण पदकमा चीनले उछिन्यो

पेरिस ओलम्पिक : अमेरिकालाई स्वर्ण पदकमा चीनले उछिन्यो

आइतवार , श्रावण २७, २०८१

एजेन्सी । फ्रान्सको पेरिसमा जारी ओलम्पिकमा अमेरिका र चीनको स्वर्ण विजेता सूचीमा कडा प्रतिस्पर्धा देखिएको छ ।

शनिबार रातिका खेल सकिँदा अमेरिकालाई पछाडि पार्दै स्वर्ण पदकमा चीनले अग्रता लिएको छ । अहिले चीन ३९ स्वर्णसहित शीर्ष स्थानमा छ भने अमेरिका ३८ स्वर्णसहित पछ्याइरहेको छ।

स्वर्णको एक पदकले पछाडि परेको अमेरिकाले ३८ स्वर्ण, ४२ रजत र ४२ नै कास्यसहित १२२ पदक जितेको छ। चीनले भने ३९ स्वर्ण २७ रजत र २४ कास्यसहित ९० पदक जितेको छ।

स्वर्णमा चर्को प्रतिस्पर्धा देखिए पनि पदक तालिकामा भने अमेरिका धेरै अगाडि छ। तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले १८ स्वर्ण पदक जितेको छ भने चौथो स्थानको जापानले समान १८ वटा स्वर्ण जितेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077