Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

युनाइटेडलाई हराउँदै सिटीले जित्यो कम्युनिटी शिल्ड

युनाइटेडलाई हराउँदै सिटीले जित्यो कम्युनिटी शिल्ड

आइतवार , श्रावण २७, २०८१

एजेन्सी । म्यानचेष्टर युनाइटेडलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै म्यानचेष्टर सिटीले कम्युनिटी शिल्डको उपाधि जितेको छ ।

शनिबार भएको खेलको निर्धारित समय १–१ गोलको बराबरीमा समाप्त भएपछि नजिताको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।

जसमा सिटी भाग्यमानी सावित भयो । सडन डेथसम्म पुगेको खेलको नतिजा सिटीले ७–६ ले जितेको हो ।

पेनाल्टीमा सिटीका केभिन डी ब्रुयना, एर्लिङ हाल्यान्ड, साभियो, एन्डरसन मोराइस, म्यथ्युस नुनेज, रुबेन डियाज र म्यानुअल अकान्जीले गोल गरे । सिटीबाट पहिलो प्रहारका लागि आएका बर्नार्डो सिल्भाको प्रहार भने गोल हुन सकेको थिएन ।

युनाइटेडका ब्रुनो फर्नान्डेज, डियागो ड्यालोट, एलेजान्डर गार्नाचो, कासिमिरो, स्कट म्याकटोमिने र लिसान्ड्रो मार्टिनेजले पेनाल्टीमा गोल गरे

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077