Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

दाउन्ने सडक खण्ड भासिएपछि यातायात सञ्चालनमा लगाइयो रोक

दाउन्ने सडक खण्ड भासिएपछि यातायात सञ्चालनमा लगाइयो रोक

मंगलवार , श्रावण २९, २०८१

नवलपरासी। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा सडक भासिएपछि यातायात सञ्चालनमा रोक लगाइएको छ।

नवलपुरको दाउन्नेमा सोमबार राति सडक भासिँदा आज दिउँसो १ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको हो।

विनयी त्रिवेणी गाउँपालिका २ स्थित दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुनसक्ने भएकाले यातायात रोकेर मर्मत गर्न लागिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ।

यस खण्ड भएर यात्रा गर्ने यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077