Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

मकवानपुरमा श्रीमानले गरे श्रीमतीको हत्या

मकवानपुरमा श्रीमानले गरे श्रीमतीको हत्या

मंगलवार , श्रावण २९, २०८१

मकवानपुर । मकवानपुरको काफलडाँडामा श्रीमानले श्रीमतीको हत्या गरेका छन्।

कैलाश गाउँपालिका–५ काफलडाँडा निवासी २८ वर्षका मंगलबहादुर पाख्रिनले श्रीमती १८ वर्षीया लक्ष्मी पाख्रिनको बञ्चरो प्रहार गरी हत्या गरेका हुन्।

आपासी विवाद हुँदा मंगलबहादुरले लक्ष्मीको टाउको र घाँटीमा बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

घटनाबारे छिमेकीले थाहा पाएपछि मंगलबहादुरलाई स्थानीयले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पालुङलाई खबर गरेका थिए।

प्रहरीले मंगलबहादुरलाई पक्राउ गरी पालुङस्थित प्रहरी हिरासतमा राखेको छ। मंगलबहादुर र लक्ष्मीको १३ महिनाकी छोरी छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077