Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

गृहमन्त्री लेखकको पहलमा भारतसँग सिमाना जोडिएका नाकाहरुमा आवागमन सहज

गृहमन्त्री लेखकको पहलमा भारतसँग सिमाना जोडिएका नाकाहरुमा आवागमन सहज

मंगलवार , श्रावण २९, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकको पहलपछि पर्यटकहरुका लागि सबै नाकामा सहज भएको छ ।

कोरोना कहरका बेला तेस्रो मुलुकका पर्यटकहरुलाई नेपाली नाका हुँदै भारत जान गरिएको अवरोध गृहमन्त्री लेखकको पहलपछि हटेको हो।

गृहमन्त्री लेखकले भारतसँगको समझदारीमा कोरोना कहरका बेला स्वास्थ्य सर्तकता अपनाउने क्रममा तेस्रो मुलुकका पर्यटकहरुलाई नेपालका नाका हुदै भारत जान गरिएको अवरोधको गाँठो फुकाएपछि अहिले नेपाल–भारतका नाकाहरुबाट पर्यटक आवागमन सहज भएको छ।

गृहमन्त्री लेखकले गृह मन्त्रालयको पदभार ग्रहण गरेपछि नेपालका लागि भारतीय राजदूत नवीनकुमार श्रीवास्तसँगको भेटका क्रममा भारतसँग जोडिएका नाकाबाट भारत प्रवेश गर्ने तेस्रो मुलुकका नागरिकहरुलाई अध्यागमन सेवामा गरिएको अवरोध हटाउन आग्रह गरेका थिए ।

भारतीय पक्षले साउनको दोस्रो सातादेखि नै अध्यागमन सेवामा गरेको अवरोध हटाएर पूर्ववत अवस्थामा फर्काएपछि अहिले झापादेखि कञ्चनपुर सम्मका नाकाहरुबाट पर्यटक आगावमन सहज भएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले इलामको पशुपतिनगर नाकाबाट भारत जान भारततर्फ अध्यागमन कार्यालय नभएका कारण बाहेक भारतसँग जोडिएका मुलुका अरु सबै नाकाबाट पर्यटक आवागमन सहज भइसकेको जनाएको छ ।

गृहमन्त्री लेखकको पहलपछि अहिले झापाको काकँडभित्ता, कैलालीको मोहना, कञ्चनपुरको गड्डाचौकी, बाँकेको जमुनाहा, भैरवाको बेलहिया, विराटनगर र विरगञ्ज नाका पर्यटकलाई भारततर्फ जान सुचारु भएका छन् ।

त्यसैगरी अध्यागमन विभागकाअनुसार कोरोना कहरपछि भारतीय पक्षबाट पनि अध्यागमन सेवा पुनः सुचारु भएपछि पर्यटकलाई सहज भएको छ ।

नाका सहज भएयता काकँडभित्ता नाकाबाट ७८ जना तेस्रो मुलुकका पर्यटक भारततर्फ गएका छन् भने सो नाकाबाट ११४ जना नेपाल भित्रिएको अध्यागमन विभागले जनाएको छ ।

त्यसैगरी कैलालीको मोहनाबाट १ जना भित्रिएका छन् भने बिरगञ्ज नाकाबाट ३० जना बाहिरिनुका साथै ३७ जना पर्यटक नेपाल प्रवेश गरेका छन् ।

त्यस्तै कञ्चनपुरको गड्डाचौकी नाकाबाट ९ जना तेस्रो मुलुकका पर्यटक बाहिरिनुका साथै नाका सहज भएयता १२ जना पर्यटक भित्रिएका छन् ।

भारतीय पक्षले कोरोनाका बेला सन् २०२१ डिसेम्बर २० तारिखदेखि यहाँका नाकामा तेस्रो मुलुकका नागरिकलाई अध्यागमन सेवामा अवरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077