काठमाठौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो ।
भेटमा दुई देशबीचको सदियौंदेखिको आपसी सम्बन्ध र हितका विषयमा छलफल भएको छ।
प्रधानमन्त्री ओलीले नेपालको संघीयता र लोकतन्त्रलाई सबल बनाउँदै सरकारले विकास, नीति निर्माणमा युवाहरूको सहभागिता वृद्धि र दिगो विकासका लक्ष्यहरुको कार्यान्वयनका लागि प्राथमिकता दिएको बताए।
प्रधानमन्त्री ओलीले सरकारले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न पहल गरिरहेको बताए।
राजदूत फेनले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका विषयलाई राजनीतिक सहमतिका आधारमा टुंगो लाग्न लागेकामा खुसी व्यक्त गर्दै नेपालको विकास, सुशासन र संघीययताको सबलीकरणलगायत क्षेत्रमा बेलायत सरकारले गर्ने बताए ।