Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मंकीपक्स फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा

मंकीपक्स फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा

बिहिवार , श्रावण ३१, २०८१

एजेन्न्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मंकीपक्स (एमपक्स) लाई विश्वव्यापी स्वास्थ्य आपत्का‌ल घोषणा गरेको छ ।

अफ्रिकाका केही भागमा 'एमपक्स' फैलिएपछि डब्लूएचओले विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको हो ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले अफ्रिकाभित्र र बाहिर फैलिने सम्भावना रहेकाले यसलाई धेरै चिन्ताजनक अवस्था भनेका छन् ।

अत्यधिक संक्रामक मानिने मंकीपक्सले कंगोमा प्रारम्भिक प्रकोपको क्रममा कम्तीमा ४५० जनाको मृत्यु भएको छ । अहिले मध्य र पूर्वी अफ्रिकामा फैलिइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077