Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

माओबादी केन्द्र फुट्छ भन्ने हल्ला निराधार हो : अध्यक्ष प्रचण्ड

माओबादी केन्द्र फुट्छ भन्ने हल्ला निराधार हो : अध्यक्ष प्रचण्ड

बिहिवार , श्रावण ३१, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओबादी केन्द्र फुट्छ भन्ने हल्ला गलत भएको बताएका छन् ।

पार्टी स्थायी कमिटी बैठकपछि बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले अहिले पार्टी थप एकतावद्ध भएको बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘कमरेड प्रभावकरले पार्टी फुटाउँछन् भन्ने मोहाल बनेको छ भन्ने कुरा विलकुल गलत हो । हाम्रो पार्टी एकतावद्ध भएको छ । कमरेड प्रभाकरलगायत अन्यमाथि जे आरोप र आशंका गरिएको छ यो गलत छ । उहाँले ममाथि लगाएको आरोप पनि हल भइसक्यो ।’

त्यस्तै, अध्यक्ष प्रचण्डले वर्तमान केपी ओली सरकारको काम कारबाहीबारे केही दिनमा संसद्‌मै बोल्ने बताए ।

लामो समयपछि टीआरसी विधेयक अगाडि बढेको भन्दै पीडितले न्याय पाउने भएकोले यसलाई सबैले कार्यान्वयनमा लानुपर्ने बताए ।

टीआरसी विधेयकका सवालमा प्रचण्डले अब शान्ति प्रक्रिया टुङ्गोमा पुग्न लागेको भन्दै लामो समय लगाएर विधेयकलाई पीडित मैत्री बनाउने प्रयास गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077