Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

प्रदेशस्तरमा संयुक्त परामर्श समितिको बैठक बोलाउने माओवादीको निर्णय

प्रदेशस्तरमा संयुक्त परामर्श समितिको बैठक बोलाउने माओवादीको निर्णय

बिहिवार , श्रावण ३१, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले प्रदेशस्तरमा संयुक्त परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न स्थायी समिति बैठकले सबै प्रदेशमा निरन्तर संयुक्त परामर्श समितिको बैठक बस्ने निर्णय गरेको हो ।

परामर्श समितिको सबै बैठकमा अध्यक्षदेखि उपमहासचिवसम्मका नेताहरू सहभागी हुने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

उनले वाग्मतीमा भदौ ५ देखि ६, उपत्यका विशेष प्रदेशमा ७ देखि ८, गण्डकीमा ९ देखि १०, सुदूरपश्चिममा १२ देखि १३, कर्णालीमा १४ देखि १५ गते, लुम्बिनी प्रदेशमा भदौको १६ देखि १७ गते बैठक बस्ने बताए ।

त्यस्तै, भाद्र ३० गतेसम्म अन्य प्रदेश, मोर्चा, मञ्च लगायतको बैठक हुने माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077